काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुटवल–८, सुखानगरस्थित जेनस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउने भएका छन्। पोखरा फाइनान्स र जेनस हस्पिटलबीच भएको सम्झौताअनुसार फाइनान्सका खातावालाले अस्पतालमा उपचार तथा स्वास्थ्यसम्बन्धी सेवा लिँदा पोखरा फाइनान्सको डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गरेमा उपलब्ध सेवामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकलाई थप सुविधा तथा लाभ उपलब्ध गराउने उद्देश्यले गरिएको उक्त सहकार्यबाट पोखरा फाइनान्सका खातावालाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने फाइनान्सले जनाएको छ। पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ तथा सीआईएसलगायतका ... The post पोखरा फाइनान्सका ग्राहकलाई जेनस अस्पतालमा २० प्रतिशत छुट appeared first on Kalika Khabar.