काठमाण्डु– काठमाडौं– सरकारले विदेशी मुलुकले मागेको अवस्थामा नेपाली नागरिकको डीएनए प्रोफाइल उपलब्ध गराउन सकिने संवेदनशील प्रावधान राखेर कानून बनाउने प्रक्रिया अघि बढाएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को प्रतिवेदनमा सो प्रावधान राखिएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तयार पारेको प्रतिवेदनमा त्यस्तो व्यवस्था राखिएको हो ।