काठमाण्डु – सरकारले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयकसहित ३ वटा विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संघीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन