निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका 

  • मङगलबार १३ असो २०८३ ०४:५० PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुको खोप सेवा सुक्ष्म कार्ययोजना तयार गर्दैछ । यसअघि स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट सञ्चालन हुने खोप कार्यक्रमको मात्र सुक्ष्म कार्ययोजना तयार गर्ने गरेको थियो । अन्य खोप सेवा प्रदायकका हकमा स्वास्थ्य कार्यालयले कार्ययोजना तयार पार्ने गरेको थियो । यस वर्षदेखि भने महानगरपालिका आफैँले नियमित खोप कार्यक्रम तथा खोपबाट बचाउन सकिने रोगहरुको खोज पड्ताल सम्बन्धी समीक्षा गर्दै नयाँ खोप तथा रोगका बारेमा जानकारी, सरसफाइ प्रवर्धन तथा सुक्ष्म कार्ययोजना अद्यावधिक गोष्ठी गरेर योजना तर्जुमा गरिरहेको हो ।  गोष्ठीको पहिलो चरणमा महानगरपालिकाका सबै स्वास्थ्य प्रवर्धन केन्द्रका इञ्जार्च र खोपकर्ताका लागि २-२ दिनको २ समूहमा सुक्ष्म कार्ययोजना तथा समीक्षा गरिएको जनस्वास्थ्य अधिकृत खोप फोकल पर्सन मैयाँ सैँजुले जानकारी दिनुभयो । यस क्रममा आजदेखि महानगरपालिकाभित्र सञ्चालित खोप प्रदायक संस्थाका खोपकर्तालाई सहभागी गराएर गोष्ठी सुरु गरिएको छ । यसमा २२ वटा संस्थाका खोपकर्ता सहभागी हुनुहुन्छ । नियमित खोप सेवाको पहुँच बढाउँदै खोपबाट छुटेका तथा पूर्ण खोप नपाएका बालबालिकाको पहिचान गर्ने र सेवा सुनिश्चित गर्ने कार्यशालाको उद्देश्य हो । कार्यशालाबाट स्वास्थ्य संस्थाबाट प्रदान गरिने खोप सम्बन्धी तथ्यांक, खोप कभरेज, ड्रपआउट, खोप खेर जाने दर तथा सेवा पहुँचको अवस्थालाई विश्लेषण गरी वडादेखि महानगरस्तरीय योजना तयार पारिनेछ ।  आर्थिक वर्ष २०८२/८३ को खोप तथ्यांकअनुसार काठमाडौँ महानगरपालिकामा अधिकांश खोपको कभरेज लक्षित जनसंख्याको तुलनामा १०० प्रतिशतभन्दा माथि देखिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका जनस्वास्थ् अधिकृत प्रबिना कर्माचार्यका अनुसार महानगरपालिकामा बीसीजीको कभरेज ३१८