देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

  • मङगलबार १३ असो २०८३ १०:३० AM
गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सोमबार मनाङेलाई कांग्रेसमा प्रवेश गराएको हो। पार्टी प्रवेशसँगै उनलाई मनाङ संयोजकको जिम्मेवारी दिइएको छ। १५औँ महाधिवेशन तयारी समिति, सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले मनाङे कांग्रेस प्रवेश गरेको पुष्टि गरेका छन्। उनका अनुसार मनाङेलाई १५औँ महाधिवेशन तयारी समितिका