पिउने पानीको सुनिश्चित गर्न अभियान सञ्चालन

  • मङगलबार १३ असो २०८३ ०३:३२ PM
काठमाडौँ । महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पानीको परीक्षण गराउने भएको छ । सेवाग्राहीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न परीक्षण गराउन लागिएको हो । सामुदायिक विद्यालयका बालबालिका, शिक्षक र कर्मचारी, स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवा लिन आउने बिरामी तथा आफन्त र वडा कार्यालयमा प्रशासनिक सेवा लिन आउनेलाई लक्षित गरी पानी पिउनयोग्य छ वा छैन भनी प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो । कार्यक्रमका फोकल पर्सन राधिका कुइँकेलले कामपा, स्वास्थ्य विभागले जनप्रतिनिधि, वडासचिव विद्यालय नर्स, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, पानीका उत्पादक तथा वितरकसहितका व्यक्तिहरूलाई प्रयोगशाला परीक्षणका लागि नमूना सङ्कलन विधिका विषयमा अभिमुखीकरण थालेको छ ।   “वडा नं १ बाट थालिएको अभिमुखीकरण सबै वडाका लक्षित व्यक्तिलाई दिइनेछ”, कुइँकेल भन्छन्, “तालिम दिइएका व्यक्तिले नमूना सङ्कलन गर्छन् । सङ्कलित नमूनाको प्रयोगशालाबाट परीक्षण गराई प्राप्त नतिजाका आधारमा पानीको गुणस्तर कायम गराउने कार्यक्रम चलाउने लक्ष्यसहित अभिमुखीकरण थालेका हौँ ।”  “हामीले विश्वास गरेको पानी कति सुरक्षित छ