अस्ट्रेलियाका ३ शहरमा गुञ्जियो १९७४ एडी, दर्शकको उत्साह उस्तै

  • मङगलबार १३ असो २०८३ ०९:४९ AM
काठमाण्डु – अस्ट्रेलियाका विभिन्न शहरमा ‘रक यात्रा’ लिएर पुगेको नेपाली ब्यान्ड १९७४ एडीले दर्शकको उत्साहजनक साथ पाएको छ । पर्थबाट सुरु भएको ब्यान्डको अस्ट्रेलिया टुरअन्तर्गत क्यानबेरा हुँदै ब्रिसबेनमा कन्सर्ट सम्पन्न भएको छ । क्यानबेराको कार्यक्रममा १ हजार ५०० भन्दा बढी दर्शक सहभागी भएका थिए । क्यानबेरा र ब्रिसबेनमा १९७४ एडीको यो तेस्रो कन्सर्ट हो ।