चार दिनको अविरल वर्षामा २७ जनाको मृत्यु, ४ जना बेपत्ता

  • मङगलबार १३ असो २०८३ ०७:२७ AM
काठमाडौं । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशभर २७ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । उक्त चार दिनको अवधिमा रेकर्ड भएका ५४२ घटनामा चारजना बेपत्ता भएका छन् । बाढी तथा पहिरोमा परी आठजना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘असोज ८–११ गतेको भारी वर्षाको स्थिति प्रतिवेदन’मा उल्लेख गरेको छ । प्रतिवेदनमा उक्त अवधिमा ३०४ वटा पहिरो, ८७ वटा बाढी र १५१ वटा भारी वर्षाका घटना रेकर्ड भएको जनाइएको छ । पहिरोका घटनामा २०, बाढीमा चार र ... The post चार दिनको अविरल वर्षामा २७ जनाको मृत्यु, ४ जना बेपत्ता appeared first on Kalika Khabar.