उदयपुर कांग्रेसको क्षेत्रीय नेतृत्व चयन, क्षेत्र नं. १ मा निर्वाचन र २ मा सर्वसम्मत

  • मङगलबार १३ असो २०८३ ०७:२५ AM
उदयपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुरका प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रको नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको उदयपुरमा क्षेत्र नं. १ का केही प्रमुख पदमा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ