काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले भारतीय मूलका अमेरिकी क्रिकेटर शुभम रांजणेलाई पुनः टोलीमा अनुबन्ध गरेको छ। रांजणेले एनपीएलको दोस्रो संस्करणमा विराटनगरबाट प्रभावशाली प्रदर्शन गरेका थिए। उनले चार खेलमा ८७ रन बनाउँदै टोलीको ब्याटिङमा महत्त्वपूर्ण योगदान दिएका थिए। उनको ब्याटिङ औसत २९ र स्ट्राइक रेट १२९.८५ थियो। प्रतियोगितामा उनले पाँच