सदनलाई गुमराहमा राख्न मिल्दैन: सांसद हमाल

  • मङगलबार १३ असो २०८३ ०५:१६ AM
एजेन्सी । नेकपा (एमाले) की सांसद टुकाभद्रा हमालले प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई बेवास्ता गरिएको भन्दै सरकारको आलोचना गरेकी छन् । प्रतिनिधि सभाको मंगलवार बसेको बैठकमा बोल्दै उनले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फर्किए पनि भ्रमणको उद्देश्य, एजेण्डा र उपलब्धिको विषयमा संसदलाई जानकारी नगराइएको भन्दै उनले कार्यकारी प्रमुखको जवाफदेहितामाथि प्रश्न उठाएकी हुन्