रूपन्देही । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी पार्टीको औपचारिक जिम्मेवारीमा फर्किएपछि पहिलोपटक एमालेको कार्यक्रममा सहभागी भएकी छन् । एमाले रूपन्देहीले बुटवल उपमहानगरपालिका–१० सुख्खानगरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा भण्डारी सहभागी भएकी हुन् । उनी सोमबार रूपन्देही पुगेकी थिइन् । कार्यक्रममा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित केन्द्रीय सदस्य भूमिश्वर ढकाल, गिरधारीलाल न्यौपाने, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल तथा नेता लिला गिरीलगायत सहभागी छन् । पार्टीको केन्द्रीय कमिटीले असोज ८ गते भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय अनुमोदन गरेको थियो । त्यसअघि उनी एमालेको सक्रिय राजनीतिमा फर्किने विषय लामो ... The post एमाले वरिष्ठ नेता बनेपछि विद्या भण्डारी पहिलो पटक पार्टीको कार्यक्रममा appeared first on Kalika Khabar.