काठमाडौं । मनाङ चामेमा पहिरो खसेर थुनिएको मर्स्याङदी नदीमा आज विष्फोट गर्ने तयारी गरिएको छ । विष्फोटका लागि दुईवटा डोजर परिचालन गरेर पहिरोको लेदो र ढुंगा पन्छाउन थालिएको हो । नदीको बहाव केही खुले पनि पानीको निकास राम्रोसँग हुन सकेको छैन । जसले गर्दा स्थानीय घर छाडेर अन्यत्र सुरक्षित स्थानमा सरेका छन् । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार ब्लास्ट गर्न पहिरोभित्र रहेका ढुंगामा प्वाल पार्नुपर्ने हुन्छ। त्यसका लागि मंगलबारदेखि दुईवटा डोजरले लेदो र ढुंगा पन्छाइरहेका छन्। The post थुनिएको मर्स्याङदी नदीमा आज विष्फोट गरिँदै appeared first on Kalika Khabar.