काठमाण्डु– एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग संयुक्त राष्ट्रसंघको महासभासम्बन्धी भ्रमणबारे संसदलाई जानकारी दिन माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद टुकाभद्रा हमालले प्रधानमन्त्रीले महासभामा उठाएका विषय र भ्रमणका उपलब्धिबारे सदनलाई जानकारी गराउन माग गरिन् । प्रधानमन्त्री प्रतिनिधिसभाबाट निर्वाचित मुलुकको कार्यकारी प्रमुख भएकाले विदेश भ्रमणका विषयमा संसदलाई जानकारी गराउनुपर्ने उनको माग थियो ।‘प्रधानमन्त्रीज्यू