काठमाण्डु– अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको चलचित्र ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय भएको छ । चलचित्र आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो । सोमबार अभिनेत्री रेखा थापाले सञ्चालन गर्दै आएको ‘बीआर क्याफे’मा अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर चलचित्रको रिलिज मिति ‘लक’ गरिएको हो । रेखा