काठमाडौं । नबिल बैंक लिमिटेडले १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका एक संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले संस्थापक सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था अनुसार उनीहरूबाट खरिद आवेदन माग गरेको छ