विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न परराष्ट्रमन्त्री खनालको आग्रह

  • मङगलबार १३ असो २०८३ ०६:३६ AM
परराष्ट्रमन्त्री शिशिर खनालले जातीय विभेद, रङ्गभेद, विदेशीविरुद्धको घृणा तथा प्रणालीगत अन्याय अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । दुर्बान घोषणा तथा कार्ययोजनाको २५औँ वार्षिकोत्सवका अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विभेद र बहिष्करण अझै पनि मानव क्षमताको विकासमा बाधक बनेको बताएका हुन् ।