काठमाडौं । कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा चारजना घाइते भएका छन् । मंगलबार (असोज १३) बिहान करिब १ः३० बजे कपिलवस्तुको शिवराज नगरपालिका–१, चोरखोला भन्ने स्थानमा सु.प.प्र.०१–००१ ख ३७३० नम्बरको बसमाथि ढुंगा खसेको सशस्त्र प्रहरी बलले जनाएको छ । त्यो बस चितवनबाट बर्दियातर्फ जाँदै थियो । बसमा ३० जना सवार थिए । उनीहरूमध्ये चारजना घाइते भएका सशस्त्र प्रहरीले जनाएको छ । बसमाथि ढुंगा खस्दा चार यात्रु सिटमा च्यापिएका थिए । ढुंगा खसेपछि चोरखोलाबाट चालकले बस दाङको भालुवाङ पुर्याएर घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । ... The post कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा चारजना घाइते appeared first on Kalika Khabar.