काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदिश खरेलले दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै खरेलले दैवी प्रकोप उद्धार कोष हटाएर प्राकृतिक प्रकोप राख्न आग्रह गरेका हुन् । ‘पछिल्लो विपद्को कारण २७ को मृत्यु भएको छ, ४ जना अझै हराइरहेका छन्, र अरबौको सम्पत्ती नष्ट भएको छ ।