काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएको छ । बैठकले आवश्यक निर्णयसमेत गर्नेछ ।