काठमाण्डु– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूले सोमबार संसद्मा उठाएका सात विषयमा कहिले जवाफ दिनुहुन्छ भनेर प्रश्न गरेका हुन् । ‘मैले सदनमा सभामुखमार्फत हिजो सरकारलाई सरकार प्रमुखले दिनुपर्ने १० गतेको जिम्मेवारी कहिले पूरा हुन्छ भनेर अनुरोध गरेको थिएँ