काठमाडौं । चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले ट्राफिक प्रहरीले सवारी अनुगमन र चेकजाँचलाई कडा बनाउने भएको छ । यात्रुको चाप बढ्दा टिकट बिक्रीमा ठगी, बढी भाडा असुल्ने तथा सवारी नियम उल्लंघन हुन सक्ने भएकाले निगरानी बढाउन लागिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार चाडपर्वका