काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर विदेश गएपछि विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट रकम असुलीलाई तीव्र बनाएको छ । त्रिवि रजिष्ट्रार कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा छुट्टाछुट्टै प्रकरणबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुल गरिएको छ । अध्ययन बिदा सकिएपछि विश्वविद्यालयमा हाजिर नभएका तथा सेवामा फर्किए