काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी

  • मङगलबार १३ असो २०८३ ०४:४० AM
काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकहरू नियमति सञ्चालनमा आएका छन् । मंगलबार बिहान ९ बजेसम्मको अवस्थाअनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग तथा बल्खु–कुलेखानी–भीमफेदी–हेटौंडा सडक सञ्चालनमा रहेका छन् । यी सडकका केही स्थानमा सडकको अवस्थाका कारण एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको भए पनि अधिकांश स्थानमा भने दुईतर्फी रूपमा यातायात सञ्चालनमा रहेको