पछिल्लो समय नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको छ । अस्वस्थ खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक गतिविधिको कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलजस्ता समस्यालाई समयमै नियन्त्रण नगर्दा मुटुरोगको जोखिम बढ्दै गएको चिकित्सकहरु बताउँछन् । मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले पछिल्लो दुई दशकमा नेपालमा मुटुरोग पाँच गुणाले बढेको बताए । नेपाल न्यूज