बागलुङ पहिरो : मृतकको संख्या १२ पुग्यो

  • मङगलबार १३ असो २०८३ ०२:३० AM
बागलुङ । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए । पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका उनले बताए । जिल्लामा अविरल वर्षापछि आएको विपद्‌मा ... The post बागलुङ पहिरो : मृतकको संख्या १२ पुग्यो appeared first on Kalika Khabar.