बैंकिङ कसुर मुद्दामा डोल्पाका वडाध्यक्ष थापा पक्राउ

  • मङगलबार १३ असो २०८३ ०२:२५ AM
बैंकिङ कसुर मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ परेका छन् । जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको टोलीले थापालाई सोमबार त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगर बजारबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई जिल्ला अदालत डोल्पामा उपस्थित गराइएको थियो । अदालतले बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि थापालाई सात