काठमाण्डु- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथबिच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका समकक्षी हेराथले साइडलाइन भेटवार्ता गरेका हुन् । उनीहरुबीच नेपाल–श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा दुवै मन्त्रीले नेपाल–श्रीलंका मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका