म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई दिनयता कालीगण्डकी बग्न थालेको छ। आइतबार बिहानैदेखि नदीले कटान गर्न थालेपछि उनले घरका सामान निकालेर सडकमा थुपारेका छन्। तर ती सामान बोकेर कहाँ जाने भन्ने टुङ्गो उनले अझै पाउन सकेका छैनन्। ‘करेसाबारी सबै कालीगण्डकीले बगायो, घरको आँगनमै नदी बग्न थालेपछि ज्यान जोखिममा पारेर यहाँ बस्ने अवस्था