काठमाडाैं ।जापानमा जारी एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा आज हुने भनिएको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै नेपाल खेल तालिकाबाट बाहिरिएको छ भने श्रीलंकका अब भारतसँग सेमिफाइनल खेल्ने छ । नेपालले यस अघि अफगानिस्तानलाई हराएको थियो ।