नुवाकोट – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले नुवाकोटको त्रिशूली बजारमा बाढीले पुरिएको घरबाट सुन, चाँदी र नगद फेला पारी सम्बन्धित घरधनीलाई हस्तान्तरण गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट खटिएको टोलीले विदुर नगरपालिका–१ स्थित त्रिशूली बजारका स्थानीय अनुज जोशीको बाढीले पुरिएको