पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर पक्राउपछि सर्वोच्चमा बस्यो आकस्मिक फुलकोर्ट, भन्यो- ‘स्वेच्छाचारिता स्वीकार्य छैन’

  • सोमबार १२ असो २०८३ ०३:३४ PM
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको विषयमा सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीशको बैठक) ले गम्भीर ध्यानाकर्षण जनाएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सोमबार बोलाएको आकस्मिक पूर्ण बैठकले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा थ्रेट भन्दै अपराध अनुसन्धान कार्यालयको टोलीले असोज १० गते राति घरमा सुतिरहेको अवस्थामा नियन्त्रणमा लिई