काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले पहिलो चरणमा सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत ४ सय जना छात्रालाई आत्मरक्षा सम्बन्धी तालिम दिने भएको छ । छात्राहरुलाई हिंसा बुझ्न सक्ने बनाएर हिंसामा परेका बेला आफूलाई घटनाबाट बचाउन सक्ने बनाउनु तालिमको उद्देश्य हो । यो तालिम २ दिनको हुनेछ । महानगरपालिकाभित्रका १० वटा विद्यालयमा यो तालिम चल्नेछ । हरेक विद्यालयबाट ४० जना छात्रालाई तालिममा सहभागी गराइनेछ । परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीका अनुसार शिवपुरी, जनकल्याण, रत्नराज्य, विश्व निकेतन, ज्ञानोदय, जनपथ, जनजागृति ज्ञान रश्मि, तरुण, कन्या र पद्मकन्या विद्याश्रम मा