सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ल्यायो अत्यधिक वर्षामा आधारित धान बीमा

  • सोमबार १२ असो २०८३ ०२:३८ PM
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिएर ‘अत्यधिक वर्षाको सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्राससम्बन्धी बीमालेख’ जारी गरेको छ। कम्पनीका अनुसार उक्त बीमालेख २०८३ असोज ७ गतेदेखि २०८३ मंसिर ७ गतेसम्म लागू हुनेछ। अत्यधिक वर्षाका कारण धान उत्पादनमा हुन सक्ने सम्भावित क्षतिको जोखिमलाई वर्षा सूचकांकका आधारमा सम्बोधन गर्दै क्षतिपूर्ति प्रदान गर्ने उद्देश्यले बीमालेख ल्याइएको हो। यस बीमालेखअन्तर्गत कैलाली, कञ्चनपुर, धनुषा, सिराहा, सर्लाही, बाँके, बर्दिया, दाङ र कपिलवस्तु जिल्लाका धान उत्पादक किसानलाई समेटिएको कम्पनीले जनाएको छ। बीमालेख जारी गर्न प्लान्टस्याट बाइ सिड इनोभेसन्स प्राइभेट लिमिटेडसँग साझेदारी गरिएको छ। बीमालेखमा ... The post सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ल्यायो अत्यधिक वर्षामा आधारित धान बीमा appeared first on Kalika Khabar.