राष्ट्रिय सभा गृहमा सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना : आउँदो माघ १ गते महादान हुने 

  • सोमबार १२ असो २०८३ ०७:०७ PM
काठमाडौँ । राष्ट्रिय सभा गृहमा आज ‘सम्यक् महादान मूल समारोह समिति’को सचिवालय स्थापना भएको छ । महादान कार्यक्रम आयोजना गर्न आवश्यक सबै प्रकारका प्रशासनिक प्रक्रिया तथा तयारी गर्ने, कार्यान्वयन समिति र क्षेत्रगत उपसमितिका काम गर्ने, सरोकारवाला र साझेदारसँग समन्वय गर्ने काम सचिवालयले गर्नेछ ।  हरेक १२ वर्षमा हुनु पर्ने तर वितेका २२ वर्षदेखि हुन नसकेको महादान जनस्तरबाट आयोजना गर्न सम्भव गर्न कठिन हुने भएपछि यसको नेतृत्व काठमाडौँ महानगरपालिकाले लिएको हो । कार्यक्रम सञ्चालन तथा व्यवस्थापन लगायतका कामका नीतिगत काम गर्न असोज ८ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख संयोजकत्वमा ३०१ सदस्यीय मूल समारोह समिति घोषणा भएको छ ।  समितिको संयोजकमा नेपाल बज्रयान महाविहार लुम्बिनीका चक्रेश्वर प्रा