नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हालैको अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति पुर्याए पनि अधिकांश क्षेत्रमा विद्युत् सेवा सुचारु भइसकेको जानकारी दिएका छन् । सोमबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक श्रेष्ठले वर्षा रोकिनसाथ वितरण केन्द्र र ग्रिड सञ्चालन विभागको संयुक्त समन्वयमा सेवा पुनःस्थापनाको काम तीव्र पारिएको बताए । उनले