शौर्य सिमेन्टद्वारा सिरहाका ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

  • सोमबार १२ असो २०८३ १२:५१ PM
सिरहा । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । स्थानीय समुदायको शैक्षिक विकासमा सहयोग पुर्‍याउने तथा विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमबाट श्री आधारभूत विद्यालय, प्रयागपुरस श्री जनता आधारभूत विद्यालय, मरेवास श्री शारदा माध्यमिक