न्युयोर्क– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष गैरआवासीय नेपालीका अधिकार, लगानी, कन्सुलर सेवा तथा नेपालको विकासमा डायस्पोराको सहभागितासम्बन्धी १७ बुँदे सुझाव प्रस्तुत गरेको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका मन्त्री खनाललाई एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साहको नेतृत्वमा गएको टोलीले भेट गरी सुझावपत्र बुझाएको हो। टोलीले