सरकारले नवजात शिशु तथा बालबालिकाको पोषण सुरक्षा थप सुदृढ बनाउने उद्देश्यले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन, २०४९’ संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विधेयक प्रस्तुत गर्दै संघीय संरचना र वर्तमान आवश्यकताअनुसार विद्यमान कानुन परिमार्जन गर्न आवश्यक रहेको बताइन् ।