प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

  • सोमबार १२ असो २०८३ ०३:१४ PM
काठमाडौँ ।  प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले बाढीपिडित, उद्धार र राहतसगै ट्राफिक पार्किङको व्यवस्थापन गर्नेलगायतका  समसामयिक विषय उठान गएका छन् ।   सांसद अप्सना बानुले ट्राफिक पार्किङको समस्याले गर्दा जनजीवनमा परेको असरबारे ध्यानार्कषण गराइन् । सांसद अमृता विकले बुटवलस्थित तिनाउखोलामा आएको बाढीले पुर्याएको क्षतिको जानकारी गराउँदै पीडितलाई राहत प्रदान गर्न अनुरोध गरिन् ।  सांसद अनुस्का श्रेष्ठले भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित परिवारलाई राज्यका तर्फबाट सक्दो सहयोग हुनुपर्ने बताइन् । सांसद अम्बिकादेवी सङ्ग्रौलाले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाहरू बढी प्रभावित भएको अवस्थालाई दृष्टिगत गरी अब  विद्युतगृह निर्माणको ढाँचा परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरिन् ।  सांसद अरबिन्द साहले बाढीपछि मुख्यराजमार्गहरू प्रभावित भएकाले महङ्गी बढ्नसक्ने आशंका व्यक्त गर्र्दै आसन्न चाडपर्वसँगै सबै देशवासीमा खुसी छाओस् भनी कामना गरे । सांसद अर्जुनकुमार कार्कीले नेपाललाई चीनसँग जोड्ने पूर्वी नाका किमाथाङ्कामा भन्सार कार्यालय स्थापना गर्न सरकारको ध्यानार्कषण गराए । सांसद अशोककुमार चौधरीले महिलामैत्री यातायात सेवा ‘ब्लु बस’ सञ्चालन गर्न सरकारसमक्ष माग गरे । सांसद आनन्दबहादुर चन्दले लागुऔषधि कारोबार तथा सेवनका कारण कैलाली जिल्ला प्रभावित भएकाले त्यसतर्फ सरकारको ध्यान जाओस् भने ।  सांसद आशा झाले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घमा गर्नुभएको सम्बोधन ऐतिहासिक र अर्थपूर्ण रहेको बताइन् । सांसद आशिष गजुरेलले देशको भौतिक पूर्वाधार तथा संस्थागत संरचनामा सुधार ल्याउनुपर्नेमा जोड दिए । सांसद आशिका तामाङले बाढीपीडित नागरिकलाई आवश्यक राहत र क्षतिपूर्ति पुर्याउन सरकारसँग माग गरिन् । सांसद उत्तमप्रसाद पौडेलले पोखरा महानगरपालिका–२१ स्थित फुर्सेखोला सडक निर्माणको काम नौ वर्षदेखि पूरा हुन नसकेकाले त्यसतर्फ सरकारको ध्यान जाओस् भने ।  सांसद एलिजा गुरुङले मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका नेपाली नागरिकको खोजी गर्न, जिल्लाको आवतजावतमा सहज बनाउन र  इन्टरनेटको व्यवस्था गर्न सरकारसँग अनुरोध गरिन् । सांसद अङ्किता ठाकुरले मानव स्वास्थ्यलाई असर पुर्याउने शक्तिवर्द्धक पेयपदार्थको बेचबिखनमा रोक लगाउन अनुरोध गरिन् ।  सांसद कन्हैया बनियाले बाढीपहिरोले नागरिकको जनजीवन प्रभावित भएको बताउँदै पीडितलाई प्राथमिकतासाथ राहतको व्यवस्था गर्न आग्रह गरिन् । सांसद कमल सुवेदीले विपद् व्यवस्थापनसम्बन्धी कानुन संशोधन गर्न, जलवायुमैत्री सुरक्षित बस्ती बसाउन सरकारको ध्यानाकर्षण गराए । सांसद करिश्मा कठरियाले रासायनिक मलको अभावका कारण किसानले भोग्नुपरेको समस्या उजार गरिन् । सांसद कवीन्द्र बुर्लाकोटीले हालैको बाढीबाट भएको जनधनको क्षतिलाई शुक्ष्मरुपमा मूल्याङ्कन गरी खोला आसपास तथा जोखिम स्थानको वस्ती व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।   सांसद कुलभक्त शाक्यले नेपाल भाषाका चार खम्बामध्येका एक महाकवि सिद्धिदास महाजुको जन्मजयन्तीको स्मरण गरे ।  सांसद कृपा महर्जनले मानव बेचबिखन संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने धारणा व्यक्त गरिन् ।  सांसद कृपाराम रानाले दोधारा चाँदनी नगरपालिकामा खेतीयोग्य जमिन डुबानमा परेको जानकारी गराउँदै प्रभावित जनतालाई राहत दिन र त्यसको दीर्घकालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।  सांसद कृष्णहरि बुढाथोकीले रामेछाप जिल्लामा सडक निर्माणमा भएको ढिलाइबारे ध्यानाकर्षण गराए । सांसद कोमल ज्ञवालीले कैलाली क्षेत्र नं