प्रचण्डको चेतावनी: पूर्वप्रधानन्यायाधीसलाई पक्राउ गरेको सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

  • सोमबार १२ असो २०८३ ०८:१२ AM
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने घटनालाई सामान्य रूपमा नलिन सरकारलाई चेतावनी दिएका छन्। सोमबार सिंहदरबारस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले पक्राउका घटनालाई लिएर सरकारको नियतमाथि प्रश्न उठाएका हुन्। उनले ‘छोरी पिटेर बुहारी तर्साउने’ उद्देश्यले यस्ता गतिविधि भइरहेको भए त्यसको परिणाम सरकारकै लागि गम्भीर हुन सक्ने बताए। सुरक्षाको जोखिम देखाएर पक्राउ गर्नु उचित नभएको उनको भनाइ छ। वास्तविक रूपमा सुरक्षा चुनौती रहेको अवस्थामा सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिनुभन्दा आवश्यक सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा दिन सकिने प्रचण्डले बताए। उनले ‘सुरक्षा थ्रेट’को कारण देखाइए पनि त्यसको औचित्य सामान्य ... The post प्रचण्डको चेतावनी: पूर्वप्रधानन्यायाधीसलाई पक्राउ गरेको सरकारले ठूलो मूल्य चुकाउनुपर्छ appeared first on Kalika Khabar.