काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सुरक्षा बढाइएको छ । यसअघि प्रहरीले उनीमाथि सुरक्षा थ्रेट रहेको भन्दै मध्यराति १२ बजे घरबाट नियन्त्रणमा लिएर ११ घण्टापछि घरमै छाडेको थियो । घर फर्किएलगत्तै जबराले आफूमाथि सुरक्षा थ्रेट रहेको भन्दै सुरक्षा माग गर्दै निवेदन दिएका थिए । उनको तर्फबाट छोरा सचिन्द्र जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा दिएको निवेदनको आधारमा प्रहरीले उनको सुरक्षा बढाएको छ । जबराको घर वरिपरि निगरानीका लागि थप प्रहरी परिचालन गरिएको हो । The post पूर्वप्रधानन्यायाधीस चोलेन्द्रको सुरक्षा बढाइयो, घर वरिपरि प्रहरीको निगरानी appeared first on Kalika Khabar.