चोलेन्द्र पक्राउबारे काँग्रेस सांसद् ढुंगाना : पञ्चायती शैलीको हुकुमी शासन

  • सोमबार १२ असो २०८३ ०९:०४ AM
काठमाण्डु– कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा गरिएको गिरफ्तारीबारे प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले संसद्मा जवाफ दिनुपर्ने माग गरेका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै ढुंगानाले बिना पक्राउ पुर्जी गरिएको जबराको गिरफ्तारीले पञ्चायतकालको झल्को दिएको आरोप लगाए । उनले सरकार दुई तिहाइको दम्भमा स्वेच्छाचारी ढंगले अघि बढेको दाबी गरे ।