काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १६ अंकले घटेर परिसुचक २६१३ मा पुगेको छ । आज ५ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२४ कम्पनीको मूल्य घटेको छ । यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ