बाढीले चितवनबाट गैँडा बगाएर सुस्ता पुर्‍यायो

  • सोमबार १२ असो २०८३ ०९:४० AM
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैँडा नारायणीमा बगेर सुस्ता पुगेको छ । अन्दाजी पाँच वर्षको गैँडा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–४ मा आज बिहान देखिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले गैँडा बगेर सुस्ता पुगेको सूचना पाएलगत्तै गैँडाको निगरानीको काम थालिएको बताए । उनले भने, ‘गैँडाको रेकी भइरहेको छ