काठमाडौं । चीनको सबैभन्दा उत्तरी उच्च गति रेलमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । नयाँ रेलमार्गको पहिलो यात्रुवाहक रेल स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर २६ मिनेटमा यिछुन शहरबाट हार्बिनका लागि प्रस्थान गरेको थियो । निर्धारित समयअनुसार उक्त रेल दिउँसो १२ बजेर ५ मिनेटमा प्रान्तीय राजधानी हार्बिन पुग्नेछ । यिछुन घना वन क्षेत्रका कारण