अध्यादेशको दुरुपयोग भएको प्रभु साहको आरोप, ‘पुरानो व्यवस्था ब्युँताउन नयाँ कानुन किन ?’

  • सोमबार १२ असो २०८३ ०९:११ AM
काठमाडौं ।आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । सरकारले सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्न ल्याएको अध्यादेश निष्क्रिय भएपछि पुनः पुरानै कानुनी व्यवस्था ब्युँताउने गरी विधेयक ल्याएको भन्दै साहले सरकारको नियतमाथि प्रश्न उठाएका हुन् । आजपा अध्यक्ष साहले सामाजिक सञ्जालमार्फत सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश ल्याएर ठूलो संख्यामा पदाधिकारीलाई हटाउने र त्यसपछि सोही अध्यादेशले परिवर्तन गरेका पुराना कानुनी व्यवस्था पुनः कायम गर्न विधेयक ल्याउने सरकारी कदमलाई ‘अध्यादेशको गलत उपयोग’का रूपमा व्याख्या गरेका छन् । सरकारले राजनीतिक नियुक्तिमा देखिएको बेथिति हटाउने उद्देश्यले ‘सार्वजनिक ... The post अध्यादेशको दुरुपयोग भएको प्रभु साहको आरोप, ‘पुरानो व्यवस्था ब्युँताउन नयाँ कानुन किन ?’ appeared first on Kalika Khabar.