काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२–आधारभुत शिक्षा तथा साक्षरता समितिबीच सम्झौता भएको छ । गत शुक्रबार शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने गरी दुई संस्थाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार महालक्ष्मी विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक तथा सार्वजानिक विद्यालयहरुमा आधारभूत शिक्षा तथा साक्षरता प्रबद्र्धन