प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापति चयन गर्ने मिति तय गरेको छ । सभामुख डोलप्रसाद अर्यालले असोज १४ गते समितिको सभापति चयनका लागि निर्वाचन हुने जानकारी सदनलाई गराएका छन् । प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १७६ को उपनियम १ बमोजिम असोज