पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ को वडा सदस्यमा अत्यधिक मतसहित निर्वाचित प्रकाश कोइरालाले कांग्रेस कास्की क्षेत्र नं. २ को क्षेत्रीय सहसचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गर्दै जनतासँग प्रत्यक्ष जोडिएर हासिल गरेको अनुभवलाई पार्टी संगठन सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धतासहित आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए । युवालाई अवसर, उद्यमलाई प्रोत्साहन र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने अभियानलाई आफ्नो मूल एजेन्डा बनाएका कोइरालाले पार्टीलाई समयसापेक्ष, गतिशील र ऊर्जावान बनाउने तथा युवाहरूको सक्रिय सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखेका छन्। The post कांग्रेस कास्की-२ को क्षेत्रीय सहसचिवमा कोइरालाद्वारा उम्मेदवारी घोषणा appeared first on Kalika Khabar.